महोत्तरी : स्थानीय तहको निर्वाचन सकिएको चार वर्षपछि महोत्तरीको मनरा सिस्वा नगरपालिका ५ का स्वतन्त्र उम्मेदवार रमेश राय विजयी भएका छन् ।

स्वतन्त्र उम्मेदवार रायले दायर गरेको मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले मतगणनाका लागि दिएको आदेशपछि चार वर्षपछि पुनः आइतबार जनकपुर उच्च अदालतको सभाहलमा मतगणना भएको थियो ।

रायले २६८ मत र नेपाली काङ्ग्रेसबाट विजयी भएको भन्दै हालसम्म वडा अध्यक्ष रहेका अरुणकुमार चौधरीले २६६ मत मात्र ल्याएको निर्वाचन आयोगले बताएको छ ।

२ असोज २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका चौधरीको २६४ मत र स्वतन्त्र उम्मेदवार रायको २६७ मत आएकामा निर्वाचन अधिकृतले चौधरीका तीन बदर मत समेत सदर गरिदिएपछि दुवैको परिणाम बराबरी भएको थियो ।


२०७८ कार्तिक ८, सोमबार ०६:५५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय