
बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिका वडा नं ९ पशुपतिनगर स्थित बहादुर महतो परिवारलाई आर्थिक सहयोग भएको छ ।
महतोको परिवारमा ३ जना सदस्य भएपनि तिनैजना अशक्त भएको कारणले ज्यालामजदुरी गर्ने अवस्थामा नरहेको जानकारी पाएपछि कुशवाहा कल्याण समिति एवमं प्रवासी समिति समाज गणेशमान चारनाथ नगरपालिका धनुषाले खाद्यान्न तथा आर्थिक सहयोग गरेका छन् ।
महतो परिवारलाई कुशवाहा कल्याण समिति एवमं प्रवासी समिति समाज संस्थाले चाबल १ कुन्टल, दाल १० किलो, आलु १० किलो, सोयाबिन २ किलो, खाने तेल २ किलो, नुन २ किलो, चिनी १ किलो, नुहाउने साबुन ४ वटा, लुगा धुने साबुन ४ वटा, सर्फ १ पोका, नरिबल तेल आधा किलो, माक्स १ प्याकेट, कालो चादर ३ वटा, जाइकेट २ वटा, महिला सोइटर १ वटा, धोती १ जोरी, सुती सारी १ सेट तथा ५ हजार ५ सय ५५ रुपैयाँ नगद सहयोग गरेका छन् ।
उक्त हस्तान्तरण कार्यक्रममा कुशवाहा कल्याण समिति एवमं प्रवासी समिति समाजका अध्यक्ष सरोज महतो, वरिष्ट उपाध्यक्ष दीपनारायण महतो, कोशाध्यक्ष शिव शंकर महतो, वरिष्ट सल्लाहकार संजीत महतो, सदस्यहरु सुमित महतो, चन्द्रदीप महतो, राजु महतो, शंकर महतो लगयात स्थानीय राजनीतिकर्मी, युवा तथा पत्रकारको उपस्थिति रहेका थिए । बहादुर महतो परिवारलाई सहयोगका लागि उक्त संस्थाका रामवृक्ष महतोले बिशेष पहल गरेका थिए ।
बहादुरको परिवारमा ६९ बर्षीय श्रीमति मनतोरीया देवी र ४४ बर्षीय छोरा दुखी महतो रहेका छन् । बहादुर परिवारको पीडा भने सुनी साध्य छैन । बहादुरकी श्रीमती मनतोरीया दिर्घरोगी छिन् । उनी दमा रोगबाट ग्रसित छिन् । छोरा दुखी जन्मजात अपाङ्ग छन् । बहादुर आफै एउटा आँखाले मात्रै देख्छन । दृष्टिविहीन रहेको बहादुर महतोको विभिन्न संघसंस्थाको सहयोगमा करीब २ वर्ष पहिला आँखाको अपरेसन भएको थियो । बहादुर महतो अहिले एउटा आँखाले देख्ने भएका छन् ।
बहादुर महतो परिवारलाई सहयोग गर्न हाल मलेसिया बस्दै आएका स्थानीय समाजसेवी यूवा सुरेन्द्र महतोले अभियान नै चलाएका छन् । सुरेन्द्र महतोले उक्त पिडित परिवारलाई सहयोग गर्न अपिल समेत गरेका छन् ।
सहयोगको लागि सुरेन्द्र महतो हाल मलेसिया +६०१०२५२१४०७ ,सुरेन्द्र सिंह स्थानीय पत्रकार ९८४४४४५७१२, रमेश महतो स्थानीय युवा ९८१२१४८३०८ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
बहादुर महतो परिवारको यो भिडियो हेर्नुहोस् !