काठमाडौं : मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ आज बाँडफाँट हुन लागेको छ।

यसको बिक्री प्रबन्धक कम्पनी ग्लोबल आइएमई क्यापिटलले आज बिहान ९ बजे आईपीओ बाँडफाँट गरिने जनाएको छ।

आईपीओ बिक्री बन्द हुँदासम्म यसमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको छ। जुन सर्वसाधारणबाट माग गरिएको भन्दा ४ दशमलव १९ गुणा बढी हो।

कम्पनीले असोज २० गतेबाट २५ गतेसम्म कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो।

जसमध्ये ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४ प्रतिशत अथवा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो।

२०७८ कार्तिक १२, शुक्रबार ०८:३४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय