काठमाडौँ : मध्य भोटेकोशी जलविद्युत कम्पनीको प्राथमिक सेयर (आईपीओ) आज (शुक्रबार) बिहान बाँडफाँट भएको छ ।

कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा ८ लाख १९ हजार आवेदकलाई १० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको हो ।

आईपीओ खरिदका लागि २३ लाख ९० हजार २१८ लगानीकर्ताले ३ अर्ब ४१ करोड ८३ लाख २९ हजार रुपैयाँ बराबरको आवेदन दिएका थिए। जसमध्ये ९५ हजार ७२२ आवेदन रद्द भएको छ । बाँकी २२ लाख ९४ हजार ४९६ आवेदन स्वीकृत भएको थियो ।

मध्य भोटेकोशी जलविद्युत कम्पनीले २० असोजदेखि २५ असोजसम्मको लागि सर्वसाधारणमा आईपीओ निष्काशनमा ल्याएको थियो ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np बाट पनि रिजल्ट हेर्न सकिनेछ ।

कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्काशनको अनुमति पाएको थियो ।

२०७८ कार्तिक १२, शुक्रबार १०:२३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय