कपिलवस्तु : कपिलबस्तुको मायादेवी गाँउपालिका वडा नं. ४ चाकरचौडामा ९२ ग्राम ४२ मिलि ग्राम लागु औषध ब्राउन सुगर ( खैरो हेरोईन) सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कपिलबस्तुको वाणगंगा नगरपालिका वडा नं.८ धनेशपुरका २७ वर्षिय विजय खत्री रहेका छन् । गोप्य सूचनाको आधारमा सिमा प्रहरी चौकी चाकरचौडाबाट खटिईएको प्रहरी टोलीले चेकजांचको क्रममा पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताउनुभएको छ ।

पक्राउ परेका खत्रीले लगाएको भित्री वस्त्रभित्र कालो प्लाष्टिकको पोकोमा स–साना २२ वटा पोका लुकाई छिपाई राखेको अवस्थामा पक्राउ परेका छन् ।

उक्त लागुऔषध भारतबाट नेपालतर्फ लिएर आइरहेका थिए। पक्राउ परेका खत्रीलाइ लागू पदार्थ मुद्धामा म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरी नायब उपरिक्षक भण्डारीले बताउनुभयो ।

२०७८ कार्तिक १२, शुक्रबार १७:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय