जनकपुरधाम : स्थानीय सीप, कला तथा संस्कृतिको संरक्षण, सम्वर्द्धन तथा महिला उद्यमीहरुले गरेका उत्पादनको बजारीकरण, घरेलु हस्तकला उद्योगप्रतिको आकर्षण बढाउने उद्देश्यले आज महिला हस्तकला प्रदर्शनीको आयोजना गरेका छन् ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय प्रदेश नं २ र नेपाल हस्तकला महासंघले आयोजना गरेको तीन दिवसीय हस्तकला मेला आजदेखी विधिवत रुपमा सुरु भएको छ ।
जनकपुरधामको राम चोक स्थित गोपाल धर्मशालामा आयोजना गरेको तीन दिवसीय दोस्रो महिला हस्तकला मेलाकोे उद्घाटन प्रदेश नं २ को महिला बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र सिंहले आज उद्घाटन गरेको हो ।
मेला तथा प्रदर्शनीमा हातबाट बनेका लुगा तथा घरायसी प्रयोगका सामाग्री, मिथिला पेन्टिङ्ग, बाँस, काठ तथा माटाका भाँडा र प्राकृतिक रेशाबाट बनेका वस्तुहरु लगायतका स्टलहरु राखिएको छ ।