
काठमाण्डौं : प्रहरी प्रधान कार्यालयको सुपरिवेक्षण तथा अनुगमन महाशाखाबाट खटिएको अनुगमन टोलीले जिल्ला प्रहरी कार्यालय धनुषा अन्तर्गतका घुमुवा सुरेन्द्र कार्की र भागेन्द्र पासमानलाई हेडक्वार्टर तानिएका छन् ।
धनुषाको बटेश्वर स्थित लागू औषधको एउटै मुद्दामा पक्राउ परेका तीन जनालाई फरक–फरक मुद्दा चलाएपछि तत्कालिन प्रहरी उपरिक्षक प्रकाश रानाभाट सहित उनका घुमुका कार्की र पासमानलाई हेडक्वार्टर तानेको हो ।
धनुषाको महेन्द्रनगर स्थित भिनाजुलाई सालोले हत्या गरेको घटनामा समेत अनुसन्धान फित्तलो बनाई कमजोर मुद्दालाई बनाउने चलखेलको आरोपमा तत्कालिन प्रहरी उपरिक्षक रानाभाट सहित सई रामलेखको समेत संलग्नता भएपनि उनी रकम चलखेल र राजनीतिक संरक्षणमा उनी धनुषामै टिकिरहे ।
प्रहरी प्रधान कार्यालयको सुपरिवेक्षण तथा अनुगमन महाशाखाका वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) भिम ढकालको नेतृत्वमा धनुषा सहित प्रदेश २ मा अनुगमनको क्रममा खटिएर दोषि पाईएको सुरेन्द्र कार्की र भोगेन्द्र पासमानलाई कारवाही गरी अनुसन्धानका लागि तानिएपनि उनीहरुको नेतृत्व गरिरहेका रामरेख यादव अझै रकम असुलीको लागि खटाईएको छ ।
चाडपर्वको समयमा सानोतिनो सर–सामान ल्याउनेहरुसंग समेत सिमावर्ती क्षेत्रमा रामविलास यादव र सुरेन्द्र राम रकमको असुलीमा खटाईएको छ । तत्कालिन प्रहरी उपरिक्षक रानाभाटको सरुवा पछि धनुषामा आएका नयाँ एसपीलाई सुईको समेत नदिई रामरेख यादवले रामविलास र सुरेन्द्रलाई प्राथमिकतामा राखेर रकम असुलीको जिम्मा दिएको श्रोतको दाबी छ ।