
गोविन्द महतो,
जनकपुरधाम : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले न्यायलयको विषयमा गठबन्धका सबै दलहरु मिलेर धारणा बनाउन लागेको बताएका छन् ।
सर्लाहीको एकिकृत शिक्षक संगठनको कार्यक्रममा सहभागि हुन आएका प्रचण्डले जनकपुरधाम विमान स्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै गठबन्धनको साझा धारणा बनाउने प्रक्रियामा रहेको हुँदा यही हुन्छ, भने कठिन छ तर हामी साझा धारणा बनाएर अगाडी बढन् प्रक्रियामा छौं ।
देशका लागि अनिवार्य विधेयकहरु अध्यादेशबाट अगाडी बढाउने बताएका छन् । केपी ओली नेतृत्वको सरकारले गलत परिपार्टी र संविधान लोकतन्त्र र गणतन्त्रलाई धाराशाही हुने गरी अध्यादेश ल्याउन लागेको होईन, बरु देशका लागि आवश्यक र अपरिहार्य अध्यादेशबाट अगाडी बढाउन लागेको बताएका हुन् ।
उनले भने, ‘अध्यादेश कुन समयमा कस्तो कामको लागि अध्यादेश ल्यायो भन्ने मुख्य कुरा हो, अध्यादेश विफल भएको होईन, बरु अध्यादेश ल्याएर तत्कालै संवैधानिक संकट टार्ने व्यवस्था नै हो, कसैले गलत नियतले ल्यायो भने त्यसको विरोध स्वभाविक हो, तर त्यसपछाडिको उदेश्य ठीक छ भने त नागरिकता, रेल जस्ता विषयमा राष्ट्रिय सहमति जुटाएर समझदारीका साथ अगाडी लान्छौं ।’
प्रचण्डले अहिलेको सरकार पूर्णकालिन समयसम्म चल्ने बताए । उनले भने, ‘अर्र्ली ईलेक्सशन हुदैन, तपाईहरु कुनै कन्फयुजनमा नबस्नुहोस् बरु राष्ट्रियसभाका निर्वाचनमा गठबन्धन मिलेर जाने टुङ्गो छ, त्यही अनुसार हामी अघि बढ्छौं ।’