
जनकपुरधाम : कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व मंगलबा सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडा कुँडा किनेर ल्याइ घरमा राखिँदैछ। यसरी ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ।
यसरी पूजा आरधना गरेमा लक्ष्मी स्थिर भइ बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धार्मिक विश्वास छ। धनतेरसका दिन सुन चाँदीको गहना किनेर ल्याउने प्रचलन समेत छ। धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको भीड लाग्ने गर्छ।
आजको दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशी जस्ता नामले समेत चिनिन्छ। आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ। यस विश्वासका आधारमा भाँडा पसलमा बिहानैदेखि ग्राहकको भीड लागेको छ। गत वर्ष जस्तो कोरोना त्रास नभएकाले पनि यस वर्ष भाण्ड त्रयोदशीका अवसरमा भाँडा पसलमा भीड लागेको हो। भाँडा पसलमा एक साताअघिदेखि नै तामा, पित्तल लगायत धातुका भाँडा आकर्षक रुपमा साज सज्जा गरी राखिएको छ।
आजदेखि विधिवत् रुपमा कार्तिक शुक्ल द्वितीयासम्म घर, व्यापारिक प्रतिष्ठानलगायत स्थानमा झिलीमिली बत्ती बालेर दीपावली गरिन्छ।
नेपालवाणी सहकर्मीले कैद गरिएको केहि दृश्य :