महोत्तरी : महोत्तरीमा ढोकामा टाउँको च्यापिएर एक बालकको मृत्यू भएको छ । मटिहानी नगरपालिका १ धिरापुरका प्रवोध साहका ९ वर्षीय छोरा आयुष कुमार साहको मृत्यू भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार आमाले घर सरसफाई गरिरहेकी थिइन् । सोही क्रममा ढोकाको पालामा बालकको घाँटी अड्किएर घाईते भएका थिए ।

घाइते भएका बालकलाई उपचारको लागि जिल्ला अस्पताल जलेश्वलर लग्ने क्रममा बाटोमा मृत्यु भएको हो । मृतक बालकको पोष्टमार्टमपछि आजै अन्तिम संस्कार गरिएको स्थानीयले जानकारी दिए ।

२०७८ कार्तिक १६, मंगलवार १९:३०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय