जनकपुरधाम : सिरहा लहान नगरपालिका–१ मिलन चोकका रञ्जन गुप्ताको घरमा ग्यास लिक भई बुधबार दिउँसो आगलागी हुँदा घर, लत्ताकपडा, फर्निचर, सुनचाँदी र नगदसमेत जलेर करिब सात लाख रुपैयाँको क्षति भएको छ ।

धनुषा गणेशमान चारनाथ नगरपालिका–९ बरमझियाका रामसागर यादवको घरमा खाना पकाउने क्रममा ग्यास लिक भई बिहीबार बिहान आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडालगायत सामान जलेर करिब १ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
आगो निभाउने क्रममा जलेर घाइते भएका सोही ठाउँका ५५ वर्षीय रामसागर यादवसमेत ३ जनालाई उपचारका लागि स्थानीय मेडिकल पठाइएको छ ।

२०७८ कार्तिक १९, शुक्रबार ०७:३४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय