जनकपुरधाम : जनकपुरको रामानन्द चोकमा रहेको तराई राजधानी हस्पिटलमा एक नजवात शिशुको मृत्यु भएको छ ।

धनुषाको नगराइन नगरपालिका २ नगराइनका विजय मण्डलका श्रीमती २५ वर्षीया रोशनी मण्डलले हस्पिटलमा शुक्रबार राति छोरा जन्माएकी थिइन् । तर विहान नहुँदै शिशुको मृत्यू भयो । ‘रातिमा हस्पिटलमा डाक्टर थिएन । बच्चाको अबस्था बिग्रेपछि नर्सले डाक्टरलाई फोन गरिन् । तर आउन ढिलो गरेपछि बच्चाको मृत्यू भयो’, बुवा विजयले बताए ।

‘बच्चाको अबस्था बिग्रेपछि जानकारी नदिएको, रिपोर्टमा केयरमेट गरेको र बच्चाको नाकबाट रगत आएको देखिएको छ’, उनले भने, ‘यो सारा कुराले डाक्टर र अस्पतालको चरम लापरबाही स्पष्ट छ ।’

हस्पिटल र डाक्टरको लापरबाहीले छोरा गुमाउनु परेको पीडाले उनको आफन्त शोकमा डुबेका छन् । मृतक शिशुको शव परिवार बुझ्न अस्वीकार गरेको छ । डाक्टर फरार छन् भने हस्पिटलमा प्रहरी खटेका छन् ।


२०७८ कार्तिक २७, शनिबार २२:१३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय