
बर्दिबास : गाडीमा करेन्ट प्रवाह भएर गम्भीर घाइते भएका टिपर चालक छठु महतोलाई नगद रु. ३० हजार आर्थिक सहयोग मिलेको छ ।
सामाजिक संजाल मार्फत जानकारी भए पछि समाजसेवी विजय कुमार मण्डलको अध्यक्षतामा छठु महतोको लागि मलेशियाको मलाका सहरमा रहेको YHI कम्पनीमा, कार्यरत नेपाली, भेयतनाम, बाङ्लादेश, म्यानमार र मलेशियाको विभिन्न ठाउँमा रहेको नेपालीहरुबाट संकलन गरेर ३० हजार नगद छठु महतोलाई आर्थिक सहयोग गरेका छन् ।
केहि दिन पहिला बर्दिबास नगरपालिका वडा नं. १२ बिजलपुरा निवासी छठु महतो जिल्लाको मनरासिसवा नगरपालिका वडा नं.४ जाउख चोकस्थित जलेश्वरबाट बर्दिबासतर्फ जाँदै गरको टिपरमा एघार हजार भोल्टजको तारमा टाँसिएपछि गाडीमा करेन्ट प्रवाहभई टिपर चालक महतो गम्भीर घाइते भएका थिए ।
घाइते महतोको घरमा पुगि स्थानीय समाजसेवी युवा नेता रमेश महतो , युवा अभास महतो , स्थानीय समाजसेवी श्याम प्रसाद महातो तथा स्थनीय पत्रकारको उपस्थितिमा युवा समाजसेवी अर्थात हेल्प मधेसी मलेसियाको दु उपाध्यक्ष सुरेन्द्र महतोले ३० हजार सहयोग रकम हस्तान्तरण गरेको छ ।
यो भिडियो हेर्नुहोस् !