जनकपुरधाम : प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश रायलाई बर्खास्त गरिएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले रायलाई बर्खास्त गरेर वन मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका छन् ।

नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री राउतले रायलाई बर्खास्त गरेका हुन् । राजीनामा दिएर मार्ग प्रशस्त गर्न गरिएको आग्रहलाई नमानेपछि रायलाई बर्खास्त गरिएको बताइएको छ ।


२०७८ कार्तिक ३०, मंगलवार १८:०६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय