
बिराटनगर : मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत पाएका छन् । ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेशसभामा उनले ५० मत प्राप्त गरे ।
आज भएको मतदानमा सभामुखबाहेक ७९ जना सहभागी रहेका थिए । सहभागीमध्ये ५० जनाले मुख्यमन्त्री राईलाई विश्वासको मत दिएका छन् । २९ मत विपक्षमा परेको छ ।
कार्तिक १६ गते मुख्यमन्त्री बनेका राईले गएको आइतबार विश्वासको मत लिनका लागि प्रदेश सभामा सूचना दर्ता गराएका थिए । संविधानको धारा १६८ उपधारा ४ बमोजिम राखेको प्रस्तावको पक्षमा ५० मत परेकाले तत्काल रहेको सदस्य संख्याको आधारमा सो मत बहुमत भएकाले सभामुख प्रदीपकुमार भण्डारीले उनले विश्वासको मत पाएको घोषणा गरे ।