अनिल साह / तिनकौरिया (धनुषा)
भारतीय श्रद्धालु बोकेको ट्रयाक्टर दुर्घटना हुँदा धनुषामा २३ जना घाईते भएका छन् । धनुषाको विदेह नगरपालिका ७ बेलापट्टी स्थित भारतीय श्रद्धालु बोकेर कमलामा भुत मेला हेर्न जाने क्रममा ट्रयाक्टर दुर्घटना हुँदा २३ जना घाईते भएका हुन् । घाईते हुनेहरुमा अधिकांसलाई चोटपटक लागेको छ भने दुई जना गम्भीर अवस्था भएकालाई जनकपुरधाम स्थित प्रादेशिक अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
घाईते हुनेहरुमा भारतको विहार राज्य अन्तर्गत सितामढी जिल्ला थाना बरियार बेला सिरसियाका सबै नागरिक हुन् । सिमावर्ती क्षेत्रबाट पुर्णिमाको कमला नदीमा नुहाउन जान लागेको बेला दुर्घटना भएको हो । विहिवार पौने चार बजे ज अ प म २०७ नम्बरको ट्रयाक्टर पल्टिएर २३ जना घाईते भएको प्रहरीले जनाएको छ ।

२०७८ मंसिर २, बिहीबार १७:५४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय