किसन साह,
सर्लाही : सर्लाहीमा नेपाली काङ्ग्रेसको १४ औ अधिवेशनका लागि खटिएका निर्वाचन अधिकृतमाथि कांग्रेसकै एक काजकर्ता समूहले हातपात गरेका छन ।

नेपाली काङ्ग्रेस जिल्ला पार्टी कार्यालयमा रहेका निर्वाचन अधिकृत दिवाकरराज पाण्डेलाई हातपात गरेका छन् । अधिवेशनका लागि मतदान अधिकृतहरू खटाउने विषयमा कुराकानी भइरहेका बेला निर्वाचन अधिकृतमाथि हातपातका साथै मोबाइल समेत खोसेको सर्लाही काङ्ग्रेस सभापति नागेन्द्रकुमार रायले आरोप लगाए ।

तनाब स्थित भएपछि सभापति राय पक्ष माननीय बिरेद्र कुमार सिंह सहित होटेल कुसुम तर्फ लागे भने त्यसैगरी पुर्व जिल्ला सभापति लक्षमण राय सहित माननीय अमेरेश सिहं जानकी पार्टी प्यलेसमा आन्तरिक छ्लफलमा ब्यस्त छन् । वडा अधिवेशनलाई लिएर नेपाली काङ्ग्रेसका दुबैपक्षले आफ्नोस्तरमा छुट्टाछुट्टै स्थानमा आन्तरिक छ्लफल अझै चलिरहेको काङ्ग्रेसले जनाएको छ ।

pradarshan (1)

अधिवेशनलाई मध्यनजर गर्दै बिहिवार बिहान देखि मलंगवा स्थित रहेको काङ्ग्रेस पार्टी कार्यलय र होटलमा प्रस्स्त सुरक्षाकर्मी परिचालन गरिएको छ ।


२०७८ मंसिर २, बिहीबार २१:४८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय