बहादुर महतो परिवारलाई सहयोग

बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिका वडा नं ९ पशुपतिनगर स्थित बहादुर महतो परिवारलाई खाद्यान्न सामाग्री सहयोग भएको छ ।

महतोको परिवारमा ३ जना सदस्य भएपनि तिनैजना अशक्त भएको कारणले ज्यालामजदुरी गर्ने अवस्थामा नरहेको जानकारी पाएपछि बहराइन बस्दै आएका स्थानीय राम प्रमोद साहले खाद्यान्न तथा आर्थिक सहयोग गरेको छ ।

महतो परिवारलाई सहयोगी साहले चाबल , दाल, आलु, सोयाबिन, खाने तेल, नुन, चिनी, तरकारी मसला तथा  ५ सय ५५ रुपैयाँ नगद सहयोग गरेको छ । उक्त सामाग्री राम प्रमोद साहको श्रीमतिले  हस्तान्तरण गरेको छ ।

बहादुरको परिवारमा ६९ बर्षीय श्रीमति मनतोरीया देवी र ४४ बर्षीय छोरा दुखी महतो रहेका छन् । बहादुर परिवारको पीडा भने सुनी साध्य छैन । बहादुरकी श्रीमती मनतोरीया दिर्घरोगी छिन् । उनी दमा रोगबाट ग्रसित छिन् । छोरा दुखी जन्मजात अपाङ्ग छन् । बहादुर आफै एउटा आँखाले मात्रै देख्छन । दृष्टिविहीन रहेको बहादुर महतोको विभिन्न संघसंस्थाको सहयोगमा करीब २ वर्ष पहिला आँखाको अपरेसन भएको थियो  । बहादुर महतो अहिले एउटा आँखाले देख्ने भएका छन् ।

बहादुर महतो परिवारलाई सहयोग गर्न स्थानीय समाजसेवी यूवा सुरेन्द्र महतोले अभियान नै चलाएका छन् । सुरेन्द्र महतोले उक्त पिडित परिवारलाई सहयोग गर्न अपिल समेत गरेका छन् ।

सहयोगको लागि सुरेन्द्र महतो +977-9823308970 ,सुरेन्द्र सिंह स्थानीय  पत्रकार +977-9844445712, रमेश महतो स्थानीय युवा ९८१२१४८३०८ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

यो भिडियो हेर्नुहोस् !

https://www.facebook.com/nepalvani2/videos/325808446046448


२०७८ मंसिर ३, शुक्रबार ११:१९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय