“सनातन धर्मको मान्यताअनुसार ३३ करोड देवी–देवता छन् । यी सबै देवी–देवताको पूजा एकसाथ गर्न सम्भव छैन । हप्ताको हरेक बारलाई देवी देवताको बार मानिने गरिन्छ। त्यसैले हरेक बारको आफ्नै महत्व रहिआएको छ। अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बार अनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्। यद्यपि, कुनै–कुनै दिनमा भने विशेष देवी–देवताको पूजाअर्चना गर्दा सांसारिक कामना पूरा हुने जनविश्वास छ ।”

“त्यसैले आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ। सूर्य देव एकमात्र यस्तो देव हुनुहुन्छ जसलाई हामी प्रत्यक्ष देखन सक्छौ । सूर्य देवको आराधना घरमा पूजा स्थलमा गर्नु भन्दा घर बहिर खुला ठाउँमा सूर्य देवको समक्ष पुजा गर्दा ज्यादा फलदायी हुन्छ। हिन्दू धर्म शास्त्र अनुसार सूर्य देवलाई जल अर्पण गरेमा र विधिवत सूर्य देव आराधना गरेमा जीवनमा सकारात्मक उर्जाको संचार हुनुको साथै पाप बाट पनि मुक्ति मिल्छ ।”

“शास्त्राअनुसार यदि कुनै मनुष्यको कुन्डलिमा सुर्य दोस छ भने आइतबार सूर्यको पुजा गर्दा दोस मुक्त र फलदाई हुन्छ। सूर्यको पूजा गरिने प्रमूख चाड छठ र मकर सक्रान्ति हो।
आइतबारको दिन व्रतालुहरूले एक छाक मात्र खाना खानुपर्दछ र खानामा नुनतेल मिसाउनुहुँदैन। व्रत बस्नेहरूले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पुजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्दछ।”

‘सूर्य देव‘ को पूजा गर्दा सफलता, मानसिक शान्ति तथा शक्ति संचार हुने बिश्वास रही आएको छ। जो व्यक्ति सम्पूर्ण जीवन सूर्य देव को आराधना गर्दछ , जल अर्पित गर्दछन् त्यस्तो मनुस्यको मुखमामा सैदव तेज रहन्छ। यस्तो व्यक्तिमा अरुलाइ आफु तिर आकर्षित गर्ने क्षमता विकसित हुन थाल्छ । सूर्य देवको नित्य आराधना गर्ने व्यक्तिको स्वभाव निडर र शरीर बाट बलवान हुन्छ ।”

१. हरेक नित्य बिहान सबेरै उठेर स्नान गरी सूर्य देवलाई जल अर्पण (अर्घ) गर्नु पर्दछ ।

२. यो कार्य साताभरी सम्भव नभए पनि आइतबार भने गर्नुपर्ने मान्यता छ ।

३. उदाउँदो सुर्यलाई जल अर्पण गर्दा यसमा सख्खर मिसाएर अर्घ दिनु शुभ मानिन्छ ।

४. सूर्य देवलाई रातो रंग मनपर्ने भएकाले जलमा एक चिम्टि कुमकुम मिसाउन सकिन्छ ।

५. आइतबार जल अर्पण गर्दा रातो फूल पनि सूर्य देवलाई अर्पित गर्नु पर्दछ ।

६. रातो फुल र कुमकुम हालेका जल बरको रुखमा चढाए सूर्य देव प्रसन्न हुने मान्यता छ ।

७. आइतबार आदित्य हृदय स्तोत्रको पाठ गर्न अत्यन्त प्रभावशाली मानिन्छ ।

८. कुण्डलीमा सुर्य मजबुत पार्न आइतबार सुर्य देवको नुन नखाई व्रत बस्नु पर्दछ ।

२०७८ मंसिर ५, आईतवार ०६:३३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय