बागलुङ : नेपाली कांग्रेसमा यसपालि युवाको आकर्षण बढेको छ। वडा अधिवेशनदेखि नै युवाहरू पार्टी नेतृत्व लिन अग्रसर भएका थिए ।

युवा आकर्षण प्रदेश सभा क्षेत्रीय अधिवेशनमा पनि देखियो। बागलुङमा शनिबार भएको प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट १८ वर्षीया उषा सापकोटा क्षेत्रीय प्रतिनिधि निर्वाचित भएकी छन् ।

उनले २८६ ल्याएकी थिइन् जुन त्यहाँ सबैभन्दा बढी मत हो। उनी बागलुङको काँठेखोला गाउँपालिका ५ की हुन् । उनी बागलुङ क्षेत्र नम्बर १ (क) बाट प्रतिनिधि चुनिएकी हुन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीमा युवा आकर्षण बढेको बताए। उनले हालै युवालाई लक्षित गर्दै किशोर केन्द्रीय सदस्य अवधारणासमेत सार्वजनिक गरेका थिए ।


२०७८ मंसिर ५, आईतवार १३:२६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु