
काठमाडौं : सीके राउत नेतृत्वको जनमत पार्टीले देशभरका स्थानीय तहको माटो संकलन गरेर मधेसमा पार्क बनाउने भएको छ ।
त्यसका लागि राउतको नेतृत्वमा मंसिर १० गतेदेखि मेचीदेखि महाकालीसम्म ‘जनमत माटो यात्रा’ सुरु गर्ने निर्णय भएको छ ।
सो पार्टी आइतबार सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले मंसिर १० गते लुम्बिनीबाट राउतको नेतृत्वमा विभिन्न चरणमा गरी जनमत माटो यात्रा सुरु गर्ने निर्णय भएको र यो यात्राको लक्ष्य हरेक स्थानीय तहमा पुगेर त्यहाँको माटो संकलन गर्ने तथा अन्त्यमा सबै गाउँ तथा सहरको माटो मिलाएर ‘मधेश एकता उद्यान’ निर्माण गर्ने रहेको नेता चन्दक सिंहले जानकारी दिए ।
बैठकले मंसिर २८ र २९ गते पार्टीको विस्तारित बैठक बोलाउने निर्णय पनि गरेको छ ।