काठमाडौं : चिनियाँ कम्युनिस्ट पार्टीले नेपालसहित दक्षिण एशियाका कम्युनिस्ट पार्टीका नेताहरुसँग छलफल गरेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको १९औं केन्द्रीय कमिटीको छैटौं विस्तारित बैठकका निर्णयहरुबारे जानकारी गराउने कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव पनि सहभागी भए ।

विप्लव यो कार्यक्रममा सहभागी हुनुलाई अर्थपूर्ण मानिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी भएका थिए । तर, नेकपा एमालेबाट कोही पनि सहभागी भएनन् ।

भारतीय कम्युनिस्ट पार्टीका नेता सीताराम यचुरी र बँगलादेश कम्युनिस्ट पार्टीका नेता दिलिप बरुवा पनि भर्चुअल कार्यक्रममा सहभागी भएका थिए ।


२०७८ मंसिर ६, सोमबार २२:१०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय