
काठमाडाैं : लोकतान्त्रिक समाजवादी पाटी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री देउवासँग आफ्नाे पार्टी र मधेसी जनताका माग पूरा गर्न पनि आग्रह गरे।
एमालेको दसौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले आफ्नो पार्टीको केही सांसद जेलमा रहेको र विभिन्न किमसिमका मुद्दमा आफ्ना कार्यकर्ताहरूले तारिख बोकिरहेको उल्लेख गर्दै उनले जेलमा रहेका कार्यकर्ता रिहाइ र नागरिकतालगायत मधेसीका अन्य विभिन्न मागप्रति सकारात्मक पहल गर्न उनले प्रधानमन्त्री देउवासँग आग्रह गरे।
उनले राजबन्दीहरूलाई जेलमुक्त गर्ने र मुद्दा फिर्ता लिने विषयमा विगतमै सहमति पनि भएको स्मरण गराए। तर त्यस प्रकार।को सहमति कार्यान्वयन हुन नसकेको उनले स्पष्ट पारे।
विगतमा आफूहरूले गरेको आन्दोलनमा भएका ज्यदतीबारे छानबिन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग पनि उनले गरे। आफूहरूको मागबारे बारे वर्तमान प्रधानमन्त्रीले पुरा गर्नेमा उनले विश्वास व्यक्त गरे।
उनले एमाले दसौं महाधिवेशन सफलताको शुभकामना दिएका छन्। एमाले आकाशको उचाइमा पुगोस् भने कामना पनि व्यक्त गरे। उनले आफ्नो पार्टी र नेताकर्यकर्ताप्रति एमाले अध्यक्ष केपी ओलीले सदभाव देखाएको भन्दै उमालेलाई धन्यवाद पनि दिए ।
विगतमा प्रधानमन्त्री हुँदा अध्यक्ष ओलीले संविधान संशोधनको मागप्रति एमालेले सद्भाव देखाएको र कार्यदल पनि बनाएको बताए। त्यसक्रममा १२०० साथीमाथि लागेको मुद्दा १३९ जना मुक्त भएको पनि बताए।