चितवन : एमाले अध्यक्ष केपी ओलीले चुनावी अभियान शुरू भएको उद्घोष गरेका छन् ।

पार्टीको १०औँ महाधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्ने क्रममा ओलीले एमालेलाई नभई देशको विकास गर्न बहुमत आवश्यक रहेको बताए ।

‘एमालेलाई होइन, देश विकास गर्न बहुमत दिनुस्,’ नारायणी नदी किनारमा उभिएर ओलीले भने, ‘एमाले देश र लोकतन्त्र संस्थागत गर्न आवश्यक छ ।’

ओलीले जनादेशबाट प्राप्त अधिकारको रक्षाका लागि पनि एमाले चाहिने दाबी गरे । ओलीले नेपालको संविधानको अंग बनेको लुम्पियाधुरासहितको नेपाली भूमी भारतसँगको संवादबाट ल्याइछाड्ने उद्घोष पनि गरे ।

२०७८ मंसिर १०, शुक्रबार २०:२१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय