जनकपुरधाम : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले आज लुम्बिनीबाट ‘जनमत माटो यात्रा’ शुरुवात गरेका छन् ।

लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजापाठ पश्चात त्यहाँको माटो संकलन गर्दै डा. राउतले ‘जनमत माटो यात्रा’ शुभारम्भ गरे । डा. राउत नेतृत्वको टोलीले मेचीदेखि महाकालीसम्म हरेक गाउँ/ शहरको माटो संकलन गर्न यात्रा सुरु गरेको जनमत पार्टीले जनाएको छ ।

mato yatra

सबै गाउँ/ शहरको माटो संकलन पश्चात ‘मधेस एकता उद्यान’ निमार्ण गर्ने लक्ष्य रहेको डा. राउतले बताएका छन् । यात्रा शुभारम्भ कार्यक्रममा जनमत पार्टीका हजारौं कार्यकर्ता सहभागी थिए ।

२०७८ मंसिर ११, शनिबार ०९:२४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय