किसन साह,
सर्लाही : भारतीय अभिनेता अनिल कपुर को “नायक” फिल्मा नायक अनिल कपुरलाई एकदिनको लागि महाराष्ट्रको मुख्यमन्त्री बनाइएको जस्तै । सर्लाहीको पर्सा गाउँपालिकामा एक १६ वर्षीया बालिकलाई गाउँपालिकाको अध्यक्ष पदको जिम्मेवारी दिइएको छ।

पर्सा गाउँपालिकामा स्थानीय पर्सा बाल क्लबका अध्यक्ष १६ बर्ष की अंजली कुमारी साहलाई उक्त गाउँपालिकाको गापा अध्यक्षको पदमा एकदिनको लागि नियुक्त गरिएको छ।

“सामान्य अवस्था वा कोभिड-१९ को महामारी,बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी” भन्ने नाराका साथ जारी रहेको १६ दिने लैंगिक हिंसा विरुद्धको अभियानको अवसरमा आज(मंगलबार) एक समारोहको आयोजना गरि गापा अध्यक्ष किशुनदेव रायले बाल क्लबका अध्यक्ष साहलाई अध्यक्ष पदको प्रमाणपत्र प्रदान गर्दै गाउँपालिका अध्यक्षको कुर्सी हस्तान्तरण गरेको हो। बालबालिकाको नेतृत्व विकास र बाल सहभागीता अभिवृद्धि गर्ने उदेश्यले एक बालिकालाई यति ठुलो पदको जिम्मेवारी दिइएको हो ।

जिल्लामै पहिलोपटक कुनै सर्वसाधारण ब्यक्तिलाई एकदिनको लागि यस किसिमको जिम्मेवारी दिइएको छ ।यसअघि कुनैपनि पालिका तथा निकायले यस्तो नगरेको गापा अध्यक्ष रायले बताउनु भयो ।


२०७८ मंसिर १४, मंगलवार २२:१७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु