
यो पटक इन्डियन प्रिमियर लिग (आईपीएल)का लागि मेघा अक्सन हुँदै छ।
अब आईपीएल १० टिमले खेल्नेछन्। नयाँ दुई टिम लखनउ र अहमदावाद आईपीएल खेल्न लागेका हुन्।
मेघा अक्सनअघि आयोजक बिसिसिआईले प्रत्येक क्बललाई बढीमा ४ खेलाडी रिटेन गर्न भनेको छ भने नयाँ दुई टिमले ३ खेलाडी लिन पाउनेछन्। जसअनुसार पुराना ८ टिमले बढी ४ मध्ये बढीमा ३ स्वदेशी खेलाडी अथावा २ स्वदेशी र २ विदेशी खेलाडी राख्न पाउनेछन्। थपिएका दुई नयाँ टिमले भने २ स्वदेशी र १ विदेशी खेलाडी राख्न पाउनेछन्।
आठमध्ये चार टिमले चार खेलाडी रिटेन गर्दा तीन टिमले तीन र एक टिमले दुई खेलाडी रिटेन गरेका छन्। चार खेलाडी रिटेन गर्नेमा मुम्बई इन्डियन्स, चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स छन्।
यस्तै, सनराइजर्स हैदरावद, राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोरले तीन तथा पञ्जाब किंग्सले दुई खेलाडीमात्र रिटेन गरेको छ। दुई विदेशी खेलाडी रिटेन गर्ने कोलकाता एक्लो टिम हो भने पञ्जाबले दुवै भारतीय खेलाडीलाई रिटेन गरेको छ।
आगामी सिजनका लागि पुराना आठ टिमले खेलाडी रिटन गरिरहँदा केही ठूला स्टार क्रिकेटर पनि अक्सनमा जानुपर्ने देखिएको छ। भारतीय राष्ट्रिय टिमकै महत्वपूर्ण सदस्य रहेका हार्दिक पाण्ड्या, श्रेयस ऐयर, केएल राहुललाई उनीहरुको टिमले रिटेन गरेनन्।
आईपिएलको सर्वाधिक सफल टिम मुम्बई इन्डियन्सले आफ्ना स्टार अलराउन्ड पाण्ड्यालाई रिनेट गरेनन्। उनका भाइ कुर्णाल पाण्ड्या, राहुल चहर, ट्रेन्ट बोल्ट, क्वेन्टन डिककलाई पनि रिटेन गरेन्। कप्तान रोहित शर्मा, सूर्यकुमार यादव, जस्प्रित बुमराह र किरोन पोलार्डलाई रिटेन गरेको छ।
यस्तै, डिफेन्डिङ च्याम्पियन चेन्नई सुपरकिंग्सले कप्तान महेन्द्रसिंह धोनी, रविन्द्र जडेजा, रुतुराज गायकवाड र मोइन अलीलाई रिटेन गर्दा फाफ डुप्लेसिस, ड्वायन ब्राभो, दीपक चहर, सुरेश रैनालगायत खेलाडी अक्सनमा जाने पक्का भएको छ।
यसैगरी पञ्जाब किंग्सले आफ्ना कप्तान केएल राहुललाई रिलिज गरेको छ। राहुलसँगै क्रिस गेल, निकोल पुरन, एइडिन मक्राम, मोहम्मद सामी, डेविड मलानलगायतलाई पनि रिलिज गरेको छ। नयाँ सिजनका लागि मायंक अग्रवाल र अर्सदीप सिंहलाई मात्र रिटेन गरेको छ।
यस्तै दिल्ली क्यापिटल्सले श्रेयस ऐयर, शिखर धवन, रविचन्द्रन आविश्वन, मार्कस स्टोइनिस, स्टिभ स्थिम, कागिसो रबाडासम्मलाई पनि रिटेन गरेन। कप्तान ऋषव पन्त, अक्षर पटेल र एनरिच नोर्कियालाई रिटेन गरेको छ।
यसैगरी रिटेन नहुने स्टार क्रिकेटरमा डेविड वार्नर, रसिद खान, इयान मोर्गन, सकिब अल हसन, नितिश राना, दिनेश कार्तिक, शुभमन गिल, मुस्फिकर रहिम, मुजिब उर रहमान, एन्ड्रयु टाइ, बेन स्टोक्स, डेविड मिलर, मनिष पाण्डे, जासन रोय, एडम जाम्पा, युजभेन्द्र चहर, मोहम्मद सिराजलगायत छन्।
यी हुन् रिटेन हुने खेलाडी?
मुम्बईः रोहित शर्मा, जस्प्रित बुमराह, किरोन पोलार्ड, सूर्यकुमार यादव।
चेन्नईः महेन्द्रसिंह धोनी, रविन्द्र जडेजा, रुतुराज गायकवाड र मोइन अली।
दिल्लीः ऋषव पन्त, पृथ्वी श, अक्षर पटेल र एनरिच नोर्किया।
कोलकाताः सुनिल नारिन, आन्द्रे रसेल, वरुण चक्रावर्ती, बेंकटेश ऐर।
हैदरावादः केन विलियम्सन, अब्दुल समद, उमरान मलिक।
बैंग्लोरः विराट कोहली, ग्लेन म्याक्सवेल र मोहम्मद सिराज।
राजस्थानः सन्जु सामसन, जोस बट्लर, यशस्वी जैसवाल।
पञ्जावः मयंक अग्रवाल र अर्शदीप सिंह।