सुरेन्द्र महतो। सेवा र सहयोग नै मानव धर्म हाे।
केही दिन पहिला साेसल मिडिया फेसबुक मार्फत जानकारी भए पछि, स्वतन्त्र युवा समाजसेवी अर्थात अन्तर्राष्ट्रिय नेपाली समाज मलेशिया संस्था का केन्द्रिय अनुशासन उप प्रमुख र हेल्प मधेशी मलेशिया संस्था का केन्द्रिय सचिव विजय कुमार मण्डल काे अध्यक्षतामा अंकिता कुमारी ठाकुर लाई उपचार गराउनका लागि मलेशियाकाे मलाका सहरमा रहेको YHI कम्पनीमा, कार्यरत नेपाली, भेयतनाम, बाङ्लादेश, म्यानमार र मलेशियाकाे विभिन्न सहरमा रहेको नेपाली दाजुभाइहरु बाट ५-१०-२०-५० संकलन गरेर जम्मा रु.३८,५००/- भएको छ।

आज मिति २०७८ साल मंसिर १८ गते शनिबार का दिन जिल्ला महोत्तरी साबिक सरपल्लो गा.बि.स वडा न.-४ हाल मनराशिसवा नगरपालिका वडा न.-६ मा बस्ने नारायण ठाकुर को नाति राम शरण ठाकुर को छोरा नरेश ठाकुर काे छोरी ४ बर्षकाे अन्किता कुमारी ठाकुर को किड्नी संबंधित समस्या भएको छ।उनका आर्थिक अवस्था निकै कमजोर रहेको हुनाले बालिका लाई उपचारको लागि याे सहयोग गरेको छु।

नरेश ठाकुरकाे घर मा पुगि त्यहाँको स्थानीय समाज र स्थानीय समाजसेवी को रोहबरमा युवा समाजसेवी अर्थात हेल्प मधेशी मलेसिया शाखा जाेहर दलानकाे भु.पु अध्यक्ष वचन जी साह र लक्ष्मी साह द्वारा रु.३८,५००/- (अक्षरेपी अर्तीस हजार पाच सय रुपैया ) सहयोग रकम हस्तान्तरण गरियो ।


२०७८ मंसिर १८, शनिबार १४:४०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय