
काठमाडौं : दक्षिण अमेरिकी देश इक्वाडोरमा मानिसहरु त्यतिबेला आश्चर्यमा परे जब एउटा समूहले आफ्ना एक साथीको ला’श मोडरसाइकलमा लिएर सहर घुमिरहेको देखियो ।
यी साथीहरुले आफ्ना साथीको ला’श चिहान खनेर बाहिर निकाले । त्यसपछि ला’शलाई मोटरसाइकलमा राखे र सडकमा घुम्न निस्किए । यो दृश्य देख्ने जो कोही आश्चर्यमा परे ।
डेलीस्टारको रिपोर्टअनुसार २१ वर्षका एरिक सडेनो नामका युवकको हालै मृत्यु भएको थियो । त्यतिबेला एरिकका साथीहरु उनको अन्तिम संस्कारमा आउन पाएका थिएनन् । मृतक एरिक सडेनोलाई बाइक राइड निकै मन पर्थ्यो । यही कारण उनका साथीहरुले यस्तो विचित्रको काम गरे । उनीहरुले एरिकको श’व चिहान खनेर निकाले र उनको बाइक राइडको चाहना पूरा गरे ।
यसो गर्नको लागि मृ’तकका परिवारको अनुमति लिइएको थियो । शवलाई बाइकमा राखेर राइड गराइयो । मानिसहरुले यसको फोटो र भिडियो खिचे ।
रिपोर्टका अनुसार सडकमा करिब ७ जनाको एक समूह बाइकमा लाश लिएर सडकमा निस्किएका थिए । एउटा बाइकमा तीन जना बसेका थिए । उनीहरुको बीचमा शव राखिएको थियो । यी साथीहरुले आफ्ना मरे’का साथीको अन्तिम इच्छा पूरा गरिरहेका थिए । उनीहरुले चिहानमा मदिरा पनि छर्किएका थिए । स्थानीय मिडियाका अनुसार इक्वाडोरमा यस प्रकारको यो पहिलो घटना हो । कोरोना संकटका बीच यसरी लाश निकालेर सार्वजनिक रुपमा घुमेकोप्रति प्रश्नहरु पनि उठेका छन् ।