
राैतहट : मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्युपछि स्थानीय प्रदर्शनमा उत्रिएका छन् । शनिवार दिउँसो करिब ३ बजेतिर पहिचान नखुलेको मोटरसाइकले एक जना साइकल चालकलाई ठक्कर दिई फरार भएका थिए । ठक्कर कारण साइकलयात्रुको उपचारको क्रममा मृत्यु भएको थियो ।
मोटरसाइकलको ठक्करबाट दुर्गा भगवती गाउँपालिका–३ का १६ वर्षीय सन्तोष कुमार झाको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरीले भगाएको पीडित पक्षको आरोप छ ।
घटनापछि जनप्रतिनिधि र प्रहरीले कुनै कारबाही नगरेको भन्दै स्थानीय आज आन्दोलित भएका हुन् । जिल्लाको गौर–गंगापिपर सडक अवरुद्ध गरी स्थानीयप्रदर्शन गरी रहेका छन् ।
घटना भएपछि आफूलाई कसैले खबर नगरेको र पछि गएर आफूलाई सो घटनाबारे पत्ता लागेको ईलाका प्रहरी कार्यालय दुर्गा भगवतीका प्रवत्ता उपेन्द्र यादवले जनतासमाचारलाई बताउनुभयो ।
उहाँका अनुसार सीसीटिभीको भिडियो हेर्दा मोटरसाइकल र नम्बरको अझै पहिचान हुन सकेको छैन । मोटरसाइकल चालक दुर्गाभगवती– १ काचन्देश्वर साहको छोरा रविन्द्र साह रहेको प्रहरीको अनुमान रहेको उहाँले बताउनुभयो ।
दुर्गा भगवती गाउँपालिका ३ मा अवस्थित सरस्वती माध्यमिक विद्यालय नजिक शनिवार मोटरसाइकले ठक्कर दिँदा एक जना स्थानीय साइकल चालकको काठमाडाैंमा उपचारको क्रममा मृत्यु भएको थियो । दोषीलाई कारबाहीकाे माग गदै स्थानीयहरु सडक अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन् ।
मोटरसाइकलको पहिचान कार्य र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।