जनकपुरधाम : सप्ताव्यापी रामजानकी विवाहपञ्चमीको पाचौं दिन आज जनकपुरधाममा रामसीताको मटकोर विधि मनाइँदै छ ।

जनकपुरको धार्मिक तथा एतिहासिक गंगासागरमा पुगेर आज दिउँसो मिथिलाको परम्परा अनुसार राम र जानकीको मटकोर गर्ने कार्यक्रम रहेको छ ।

मटकोरमा प्रसादको रुपमा भिजाइएको चना, चामल र खाने तेल वितरण हेर्न जाने श्रद्धालुलाई वितरण गर्ने गरिन्छ । विवाहको शुद्धिकरणका लागि मटकोर गर्ने परम्परा छ । आज मटकोटर सकिएपछि भोली बुधबार भगवान राम र जानकीको डोला फेर गरी सोयम्बर र विवाहको काज हुने छ ।

Matkor @ Ramjanaki bibah-janakpur-bibah-panchmi-nepalvani

सप्ताहव्यापी सीताराम विवाहपञ्चमीको पहिलो शुक्रबार नगर दर्शन, दोश्रो दिन फुलबारी लिला, तेश्रो दिन धनुष यज्ञ र चौथो दिन ९सोमबार० तिल्कोत्सव सम्पन्न भइसकेको छ । भोली विवाह र आइतबार राम कलेवा गरी विवाहपञ्चमी महोत्सव विधिवत समापन हुने जानकी मन्दिरका महन्त रामतपेश्वर दासले जानकारी दिए ।

त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा जनकपुरमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा धुमधामसंग विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ । File Photo

२०७८ मंसिर २१, मंगलवार ११:४९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय