
बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिका वडा नं ९ पशुपतिनगर स्थित बहादुर महतो परिवारलाई आर्थिक सहयोग भएको छ ।
महतोको परिवारमा ३ जना सदस्य भएपनि तिनैजना अशक्त भएको कारणले ज्यालामजदुरी गर्ने अवस्थामा नरहेको जानकारी पाएपछि हेल्प मधेसी मलेसियाले १५ हजार नगद आर्थिक सहयोग गरेको छ ।
महतो परिवारलाई आज स्थानीय युवा प्रबेश सिंह , स्थानीय राम नारायण महतो साथै स्थानीयहरुको रोहवरमा हेल्प मधेसी मलेसियाले युवा समाजसेवी तथा हेल्प मधेसी मलेसियाको दु. उपाध्यक्ष सुरेन्द्र महतोले रकम हस्तान्तरण गरेको छ ।
बहादुरको परिवारमा ६९ बर्षीय श्रीमति मनतोरीया देवी र ४४ बर्षीय छोरा दुखी महतो रहेका छन् । बहादुर परिवारको पीडा भने सुनी साध्य छैन । बहादुरकी श्रीमती मनतोरीया दिर्घरोगी छिन् । उनी दमा रोगबाट ग्रसित छिन् । छोरा दुखी जन्मजात अपाङ्ग छन् । बहादुर आफै एउटा आँखाले मात्रै देख्छन । दृष्टिविहीन रहेको बहादुर महतोको विभिन्न संघसंस्थाको सहयोगमा करीब २ वर्ष पहिला आँखाको अपरेसन भएको थियो । बहादुर महतो अहिले एउटा आँखाले देख्ने भएका छन् ।
बहादुर महतो परिवारलाई सहयोग गर्न स्थानीय समाजसेवी यूवा सुरेन्द्र महतोले अभियान नै चलाएका छन् । सुरेन्द्र महतोले उक्त पिडित परिवारलाई सहयोग गर्न अपिल समेत गरेका छन् ।
सहयोगको लागि सुरेन्द्र महतो +977-9823308970 ,सुरेन्द्र सिंह स्थानीय पत्रकार +977-9844445712, प्रवेश सिंह स्थानीय युवा 9807650555 मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।