
काठमाडौँ: नेपाली कांग्रेसका सम्पूर्ण महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरिएको छ ।
महाधिवेशन केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशित गरेको हो। ४७४३ मतदाताको नाम प्रकाशित गरिएको निर्वाचन समितिले जनाएको छ ।
१६५ संघीय निर्वाचन क्षेत्र, भातृ तथा शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । यस्तै वर्तमान केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु पनि स्वतः महाधिवेशन प्रतिनिधि बनेका छन् ।
शनिबार बिहान दश बजेदेखि साँझ पाँच बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ भने मंसिर २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ । मंसिर २७ गते मतदान हुने महाधिवेशन कार्यतालिका रहेको छ ।
हेर्नुहोस् सुची !