
महोत्तरी: अन्तर्राष्ट्रिय पर्वत दिवसकाे उपलक्ष्यमा नाैसय विघा समाज सहयोग युवा समूहद्वारा समस्या ग्रसित अन्सारी परिवारलाई ३२ हजार आर्थिक सहयोग भएको छ ।
महोत्तरीको साबिक गा.बि.स रताैली हाल पिपरा गाउँपालिका वडा न.-६ टाेल( रहमानपुर) मा बस्ने ४५ बर्ष काे कलामुदिन अन्सारी जाे ९ बर्ष पहिले बैदेशिक राेजगार काे सिलसिलामा साउदी गएको थियो,दुर्भाग्य बस त्यहाका सफ्लाई कम्पनी परे तैपनि उहाँ सधै डिउटी गर्थें ,तर एक दिन डिउटी मा जादै गर्दा एक्कासि गाडी दुर्घटना भयो र कलामुदिन अन्सारी काे दायाँ हाथ र दायाँ खुट्टा काे हड्डी भाचिएका थियो, कम्पनी ले उपचार गराएर घर पठाई दिए तर अहिले फेरि त्यही अपरेसन भएको दायाँ हाथमा समस्या भए पछि हस्पिटल मा गएर चेक गराउदा डाक्टरकाे भनाई अनुसार हाथ भित्र यस्टिल हालेकाे छन। पुन अर्को अपरेसन चाडै नै गर्नुपर्ने यदि भएन भने केहि बर्षपछि याे हाथले केही गर्न सक्दैन,तर उहाँको आर्थिक अवस्था धेरै नै कम्जोर भएको कारण अन्सारी द्वारा आर्थिक सहयोग काे लागि नाैसय विघा समाज सहयोग युवा समूह सँग अपिल गरेका थिए।
उहाँकाे अपिल स्विकार्दै नाैसय विघा समाज सहयोग युवा समुहद्वारा उहाँलाई उपचार गराउन का लागि न्यानो माया सानाे सहयोग स्वरुप मिति २०७८ मंसिर २५ गते शनिबार का दिन समुहद्वारा ३२ हजार नगद सहयोग गरेकाे समूहका संयाेजक विजय कुमार मण्डलले जानकारी दिए।
सेवा र सहयोग नै मानव धर्म हो मुलमन्त्र मान्दै ,सामाजिक उदेश्यहरु प्रती काम गरिदै, आई रहेका र देशमा अशाय निसाय,वा बिरामी जस्ता समस्या ग्रसित परिवारहरु लाई साथ सहयोग तथा आर्थिक सहयोग गरिदै आईरहेका छन, स्थानीय युवा सहयोगी मनहरूलाई अग्रतामा राखेर यो समुह प्रमुख भुमिका निर्वाह गर्दै आएको छ।
सहयोग कार्यक्रममा डा.अरुण कुमार मण्डलकाे अध्यक्षतामा बिन्दल यादव, माे.नईम राईन, सैजुम अन्सारीको उपस्थितमा पिडितलाई हस्पिटल मै गएर उक्त सहयोग रकम हस्तान्तरण गरेको छ ।
पिडित परिवारले नाैसय विघा समाज सहयोग युवा समुह लाई हृदय बाट धन्यवाद व्यक्त गरेका थिए ।