काठमाडौँ : चिकित्सा शिक्षा आयोगले बिगतका दिनहरुमा गर्दै आएको लापरबाहीको कारण विद्यार्थीहरुलाई आयोग बिश्वसनियता माथी शंका लागन थालेको छ। आयोगले २०७८ मंसिर२७ गतेका लागि राखेको wrap up matching अन्तर्गतको ओपन हाउस काउनसेलिङ्गमा चरम लापरबाही भएको छ। ओपन हाउस काउनसेलिङ्गको लागि फर्म भरेको विद्यार्थीहरुमध्ये ३0-३५ जना विद्यार्थीहरुको नाम लिस्टमा पाइएन।विद्यार्थीहरुले ओपन काउनसेलिङ्गको फर्म भरेको conformation स्क्रिन रेकर्डिङ, स्क्रिन सर्ट जस्ता प्रमाण समेत देखाए पनि, यो हाम्रो गल्ती नभएर कम्प्युटरको गल्ती हो भन्दै चिकित्सा शिक्षा आयोगको पदाअधिकारि अनाकाणी गरे। उपस्थित विद्यार्थी मध्ये एकजना १० मिनेट ढिलो आउदा काउनसेलिङ्गमा सहभागी हुन दिएन जबकी पहिलो चरणको काउनसेलिङ्ग भर्खर केही मिनेट पहिला सुरु  भएको  थियो। विद्यार्थी तथा अभिभावकको पटक-पटकको आग्रह र अनुरोध पछि पनि आयोग पदाअधिकारिहरुले “अब केही हुदैन तपाइहरु अब बाहिर जानुस भने” ।

यश किसिमको लापरबाहीले डाक्टर बन्ने सपना बुनेका विद्यार्थीको भबिसय अन्योलमा परेको छ। यसमा सम्पुर्ण रुपले आयोगको र आयोगको कम्प्युटर सिस्टमको गलती रहेको कुरा स्पष्ट छ। आयोगको यश किसिमको क्रियाकलाप बाट आयोगको बिश्वसनियता माथी प्रश्न चिन्ह खडा भएको छ र सम्पुर्ण रुपमा आयोग असफल रहेको देखिन्छ।

२०७८ मंसिर २७, सोमबार २१:५६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय