मकवानपुर : जिल्ला प्रहरी कार्यालयले राक्सिराङ गाउपालिकाको वडा नं ४ र ५ को धुर्सिङ, निबुतार, लाइसिराङलगायत ठाउँमा अवैधरुपमा खेती गरिएको ३३ बिगाहा क्षेत्रफलको गाँजा तथा १९ बिगाहा क्षेत्रफलको अफिम जिल्ला प्रहरी कार्यालय र बागमती प्रदेश दङ्गा नियन्त्रण कार्यालयको संयुक्त टोलीले यही पुस १ गतेदेखि आजसम्ममा फडानी गरी नष्ट गरेको छ ।

प्रहरीले हरेक वर्ष उक्त गाउँपालिकामा अवैध खेती गरिएका गाँजा तथा अफिम खेती नष्ट गर्ने गरे पनि गाउँपालिकाको विकट गाउँमा अवैध ढङ्गले गाँजा र अफिम खेती गर्ने काम रोकिएको छैन । उक्त गाउँमा अवैध उत्पादित गाँजा र अफिम गोप्य तवरले भारततर्फ निकासी गरिन्छ । प्रहरीले पटकपटक गाजा ओसारपसार गर्नेलाई पक्राउ गरे पनि गाजा र अफिमको अवैध खेती रोकिएको छैन ।

२०७८ पुष ३, शनिबार २०:४८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय