
राजविराज : सप्तरीको राजविराज स्थित छिन्नमस्ता अस्पतालमा एक महिलाले तिम्ल्याहा शिशुको जन्म दिएकी छिन् । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वाड नं- ८ तोपा बजार माईती रहेकी मनिता देवी सदा गर्भवती भए पश्चात चेक जाँच गराउँदा चिकित्सकले तिम्ल्याहा बच्चा रहेको बताएका थिए ।
´मनिताको परिवारलाई सुनाउँदा परिवारमा सुरुमा डरले रुवाबासी भएको तर बरिष्ठ महिला विभागको डाक्टर संतोष झाको सल्लाह सुझाव पाउँदा मनिताको मुखमा हाँसो देखियो`, मनिताकी आमा रमिता देवी सदाले बताइन् ।
मनिताको साँसुको घर सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.३ सखडा गोविन्दपुर रहेको छ, उनी सोमबार सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालमा जेकजाँच गराउदा उतै भर्ना भएर बसेकी थिईन, तर वहाको परिवारमा गर्भमा तिम्ल्याहा बच्चा रहेको सुन्दा डर लागेपछि आफन्तले डाक्टर संतोष झा संग सल्लाह सुझाव लिदै, सप्तरीको छिन्नमस्ता अस्पतालमा भर्ना भएकी थिइन् ।
शनिबार दिनको १ बजे सफल शल्यक्रिया मार्फत महिलाले तिम्ल्याहा शिशुको जन्म दिएकी छिन् । तीनवटा शिशुको अवस्था ठिक रहेको चिकित्सकले जनाएका छन् । महिलाले जन्म दिएकी पहिलो छोरा १२ सय ग्राम, दोस्रो छोरा ११ सय ग्राम, तेस्रो छोरा ९ सय ग्रामको रहेको मेडिकल ओफिसर डाक्टर तेजनरायण साहले बताए ।
महिलाले गर्भ रहेको ३० हप्तापछि तिम्ल्याहा शिशुको जन्म दिएकी छिन् । बच्चाको शरीरको विभिन्न अंगको विकास नभएको कारणले केही समस्या हुन सक्ने अस्पतालले जनाएको छ ।