एजेन्सी : साउथका स्टाइलिस स्टार अल्लू अर्जुन र रश्मिका मन्दाना अभिनीत फिल्म ‘पुष्पा : द राइज’ शुक्रवारबाट संसारभर विभिन्न भाषामा प्रदर्शनमा आएको छ । प्रदर्शनभन्दा अगावै डिजिटल राइट्सबाट २ सय ५० करोड कमाइसकेको फिल्मले प्रदर्शनको दुई दिनमा संसारभर आक्रामक कमाई गरेको छ । सुकुमार निर्देशित फिल्मले दुई दिनमा संसारभरबाट सय करोडको आँकडा नघाएको छ ।

ट्रेड एनालिस्ट रमेश बालाले ट्विटरमार्फत् फिल्मले दुई दिनमा संसारभर १ सय १६ करोड कमाएको जानकारी दिएका छन् । उनले फिल्मलाई ‘ब्लकबस्टर’ भनेका छन् । पाँच भाषामा रिलिज भएको फिल्मको लाइफटाइम वर्ल्डवाइड कलेक्सन एक हजार करोड नाघ्ने अनुमान गरिएको छ । फिल्मले हिन्दी डबमा पहिलो दिन भारु तीन करोड कमाउँदै ‘केजिएफ’ को समेत रेकर्ड तोडेको छ ।

माउथ पब्लिसिटी बलियो भएकाले फिल्मको कमाईमा थप उछाल आउने देखिएको छ । नेपालमा समेत ‘पुष्पा’ को हिन्दी डबले जबरजस्त पैसा छापेको छ । प्रदर्शनको दिनदेखि नेपाली दर्शकलाई मल्टीप्लेक्समा टिकट पाउनै हम्मेहम्मे परेको छ । दुई भागमा निर्माण भएको फिल्मले आन्ध्र प्रदेशमा हुने रक्त चन्दन तस्करीको कथा भन्छ । यो फिल्मको दोस्रो पार्ट अर्को वर्ष रिलिज हुनेछ ।

 

२०७८ पुष ४, आईतवार १४:२०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय