
ज्योतिषशास्त्र अनुसार बिहीबारको दिन बृहस्पतिको पूजा गर्नाले सुखद पारिवारिक जीवन, शिक्षा, ज्ञान र धन प्राप्त हुने धार्मिक विश्वास छ ।
१. सूर्य उदाउनु पहिलानै शुद्ध भएर भगवान विष्णुलाई गाईको शुद्ध घ्यू हालेर दियो बाल्नुस् ।
२. केसरी वा बेसारको टिका निधारमा लगाउनुहोस् ।
३. पहेँलो वस्तु दान गर्नुहोस् ।
४. भगवान शिवलाई पहेँलो रंगको लड्डू चडाउनुहोस् ।
५.केराको रुखलाई पूजा गर्नुहोस् र प्रसादमा पहेँलो रंगको पकवान वा फल चढाउनुहोस् ।
६. केरा दान गर्नुहोस् ।