एजेन्सी : साउथका सुपरस्टार राणा दग्गुबती तेलुगूका चर्चित अभिनेता वेंकेटेशका आफ्नै भान्जा हुन् । उनले आफ्नो फिल्मी करिअरको सुरुवात सन् २०१० मा रिलिज भएको पोलिटिकल-थ्रिलर फिल्म ‘लीडर’ बाट गरेका थिए । तर, उनलाई वास्तविक पहिचान भने फिल्म ‘बाहुबली’ बाट मिलेको थियो । यो फिल्ममा भल्लालदेवको चरित्रमा उनले गरेको अभिनयको सर्वत्र प्रशंसा भएको थियो ।

आफूले पाएको चरित्रमा डुबेर अभिनय गर्न सिपालु मानिने उनी एउटा आँखाले भने देख्न सक्दैनन् । उनले एक टेलिभिजन शोमा भनेका थिए, ‘म दाहिने आँखाबाट देख्न सक्दिनँ । म आफ्नो बायाँ आँखाबाट मात्र देख्न सक्छु । बायाँ आँखा पनि कसैले मृत्यपछि मलाई डोनेट गरेको थियो । मैले बायाँ आँखा बन्द गरेँ भने केही देख्न सक्दिनँ । बाल्यकालदेखि नै म आँखा देख्न सक्दिनँ थिएँ ।’

राणा दग्गुबतीले तेलुगूका अलावा बलिउड फिल्ममा पनि काम गरेका छन् । पछिल्लो पटक ‘हाथी मेरे साथी’ मा देखिएका उनले ‘नेने राजु नेने मन्त्री, द गाजी अट्याक, रुद्रमादेवी, ये जवानी है दीवानी, तान्हाजी’ लगायतका फिल्ममा काम गरेका छन् । उनले सन् २०२० मा प्रेमिका मिहिका बजाजसँग विवाह गरेका थिए । मंगलवार (१४ डिसेम्बर) बाट उनी ३७औं वर्षमा प्रवेश गरेका छन् ।


२०७८ पुष १०, शनिबार २१:४२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय