जनकपुरधाम : धनुषाको कमला नगरपालिकामा किसानहरुले तालाबन्दी गरेका छन् । मलखाद्यको व्यवस्था गर्नुपर्ने माग गर्दै उनीहरुले नगरपालिकामा तालाबन्दी गरेका हुन् ।

किसानहरुले नगरपालिकाबाट सहज रुपमा मलखाद्य र बिऊ नपाएको झोंकमा तालाबन्दी गरेका छन् । आफूहरु डा. सीके राउतको किसान आन्दोलनबाट प्रभावित भएर कमला नगरपालिकामा तालाबन्दी गरेको बताएका छन् ।

किसानहरुले तालाबन्दी गर्ने क्रममा नगरपालिकामा पुगेका पुगेका नटवरलाल भनिने स्थानीय नेता जुक्तीराम रान यादव झण्डै कुटिएका छन् । केही वृद्धवृद्धाहरुलाई ल्याएर केही दिन अघि भाषण गरी फर्केका जुक्तीराम नगर प्रमुख राम उदगार गोईत काम बिशेषले कार्यालय बाहिर हुँदा तालाबन्दी गर्न नगरपालिका आएका थिए । तर, त्यतिबेला किसानहरु समेत तालाबन्दी गर्न आएको र उनले लाउडस्पीकरमा भाषण गर्न थालेपछि माहौल तातिएको थियो ।

नगर प्रमुख गोईत पार्टीको विशेष बैठकका कारण करिब एक महिनादेखि आफू बाहिर रहेको दाबी गरेका छन् । मेयर गोईतले आफू काम विशेषले बाहिर रहेको र आईतबार कार्यालय पुग्ने बताए ।

यसअघि उपभोक्ता समितिहरुले विकास निर्माणको काम गर्दा राखिएको धरौटी फिर्ताको माग गर्दै बुधबार नगरपालिकामा तालाबन्दी गरेका थिए ।

२०७८ पुष १५, बिहीबार १९:५५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय