काठमाडौं : राष्ट्रियसभाको १२ माघमा हुने निर्वाचनमा सत्ता गठबन्धनका पाँच दल मिलेर चुनाव लड्ने भएका छन् ।

१९ सिटका लागि हुने निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँडको कुरा मिलेको हो ।

गठबन्धन बनाएर चुनाव लड्ने सहमति अनुसार नेपाली काँग्रेसले ६, नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादी पार्टीले ५, जनता समाजवादी पार्टीले २ र राष्ट्रिय जनमोर्चा पार्टीले १ सिटमा चुनाव लड्ने गरी सहमति बनेको छ । सहमति अनुसार गठबन्धन दलले एकले अर्कालाई सघाउनेछन् ।

राष्ट्रियसभाको कार्यकाल सकिन लागेकामा काँग्रेसको ३, माओवादीका ४, नेकपा एसका ४ सांसद संख्या रहेको छ । यसैगरी, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका ८ सांसद सिट संख्या खाली हुँदैछ । कुल १९ सिटका लागि १२ माघका लागि चुनाव हुन लागेको हो ।

राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभा सदस्य, पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने व्यवस्था छ ।


२०७८ पुष १९, सोमबार १४:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय