railway_jaynagar_janakpur_relway_rail_nepalvani

जनकपुरधाम : संचालनको पर्खाइमा रहेको कुर्था–जयनगर रेल अझै अनिश्चित बनेको छ । भारतीय पक्षले कुर्था–जयनगरको रेल ट्रयाकको भौतिक संरचनाको निरीक्षण गरेपनि संचालन अझै अन्योल कायमै रहेको छ ।

भारतीय रेल्वे कम्पनी कर्पाेरेसन (कोकण) को टोलीले मंगलवार कुर्था– जयनगर रेल्वे सेवा सञ्चालनका लागि निर्माण भएको भौतिक पूर्वाधारको निरीक्षण तथा रेल संचालन सम्बन्धी नेपाल तर्फको तयारीको सम्बन्धमा जानकारी लिएको छ । भारत बिहारको हाजिपुरबाट आएकोले टोलीले रेल्वेका जयनगरदेखि कुर्था सम्मको भौतिक पूर्वाधारको निरीक्षण गरेका थिए ।

निरीक्षण पश्चात टोलीले नेपाल रेल्वेका महाप्रबन्धक निरंजन झासँग समेत रेल संचालनको लागि नेपाल सरकारले गरेको तयारीको विषयमा जानकारी लिएका थिए । भारत सरकारले नेपालमा चांडो भन्दा चांडो रेल संचालन होस भन्ने चाहना राखेको भन्दै उनले भने,‘ हामीले आफ्नो काम सम्पन्न गरिसकेका छौँ ।

अव नेपाल सरकारले रेल चलाउने हो । हामी आवश्यक सहयोग गर्न तयार छौँ।’ यता दिन प्रतिदिन रेल्वे ट्रयाकमा लगाइएको क्लिपहरु चोरी भईरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले भने,‘ भारतले बनाएपनि यो नेपालको सम्पति हो । यसको संरक्षण नेपालका प्रहरीले मात्रै नभई यहाँका नागरिकहरुले पनि गर्नु पर्छ।’ रेल कहिलेदेखि संचालन हुन्छ भन्ने प्रश्नमा उनले भने,‘ रेल संचालन गर्ने काम नेपालको हो । हामीले आफ्नो काम गरिसकेका छौ ।

nepal_railway_janakpur-jaynagar_railway_nepalvani

सिंहले भने,‘‘अहिले सञ्चालन हुन लागेको रेल सेवा सानो मात्र हो, हामी चाहन्छौं नेपालमा पनि ठूलो र लामो दूरीको रेल सेवा सञ्चालन होस्, त्यसमा हाम्रो तर्फबाट भरपुर सहयोग हुन्छ ।’ यता, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरंजन झाले रेल चलाउन अझै सम्म लाग्न सक्ने बताए ।

रेल संचालन सम्बन्धी कानून बनेपनि रेलको टिकट, कर्मचारीको व्यवस्थापन अझै हुन नसकेको उनले बताए । २०७७ असोज २ गते रेल नेपालमा ल्याइए पनि केही दिन अघि मात्रै नेपाल रेल्वे कम्पनीको नाममा रेल दर्ता भएको झाले बताए ।

रेल्वे ट्रयाकको करिव १४ हजार क्लिप पुनः चोरी भईसकेको उनले जानकारी दिए । नेपाल सरकारले भारतीय रेल्बे कम्पनी कर्पाेरेशनबाट रु ८४ करोड ६५ लाखमा खरिद गरेका दुई सेट रेल संचालन भएर लामो समयदेखि धनुषाको इनरवा स्टेशनमा थन्काएर राखिएको छ । लामो समयदेखि एक्कै ठाउँमा रेल राखिएकोले रेलको बैट्री, पिस्टन लगायतका समानहरु खराब भईसकेको छ ।


२०७८ पुष २१, बुधबार ०८:४७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय