काठमाडौं : सरकारले भारतबाट जीटुजीमार्फत मल खरिदको सम्झौता गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले सरकार सरकारबीच सम्झौताबाट मल खरिद गर्ने निर्णय गरेको हो ।

सम्झौता पाँच वर्षका लागि गर्ने निर्णय समेत भएको छ । जस अनुसार प्रथम वर्ष डेढ लाख मेट्रिकटन हुने कृषिमन्त्री महेन्द्र राय यादवले जानकारी दिए । त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतका दरले वृद्धि हुनेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा मल खरिद सम्झौतापत्रमा हस्ताक्षर हुने तय भएको छ । देउवा २५ पौषमा भारत भ्रमणमा जाने तय भएको छ ।-

२०७८ पुष २२, बिहीबार ०८:४९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय