काठमाडौं : सरकारले उखुको मूल्य बढाएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ तोकेको हो । यस वर्षको मूल्य गत वर्षभन्दा करिब ४६ रुपैयाँ बढी हो ।

यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत कृषि मन्त्रालयले पेस गरेको उक्त मूल्य मन्त्रिपरिषदले अनुमोदन गरेको हो । सरकारले गत आर्थिक वर्ष २०७७–७८ का लागि उखुको मूल्य प्रतिक्विन्टल ५४४ रुपैयाँ ३३ पैसा तोकेको थियो ।

तर यसपटक किसानले उखुको मूल्य प्रतिक्विन्टल ६५० रुपैयाँ माग गरिरहेका थिए । निर्धारित समर्थन मूल्य ५९० रुपैयाँमध्ये किसानलाई उद्योगीले ५२० रुपैयाँ र सरकारले ७० रुपैयाँ अनुदान उपलब्ध गराउनेछ ।


२०७८ पुष २२, बिहीबार १३:१७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु