नेपालवाणी सम्वाददाता,

महोत्तरी: प्रेस चौतारी नेपालको महोत्तरी जिल्लाको नेतृत्व पत्रकार नविन प्रियदर्शीको काँधमा आएको छ ।

आज बिहीबार बर्दिबासमा सम्पन्न चौतारीको प्रथम जिल्ला अधिवेशनले प्रियदर्शीलाई सर्वसम्मत अध्यक्षको जिम्मेवारी दिएको हो । जिल्लाको पिपरा-७ का बासिन्दा प्रियदर्शी नेपाल पत्रकार महासङ्घ प्रदेश-२ समितिका सदस्य हुनुहुन्छ ।

सम्पन्न जिल्ला अधिवेशनले मुकुन्द पौडेल, नविन साह र ममता अर्याललाई क्रमशः उपाध्यक्ष, सचिब र कोषाध्यक्ष चयन गरेको छ । त्यसैगरी समितिको सदस्यमा विजयकुमार महतो, रामईश्वर ठाकुर र देवेन्द्र महासेठ छानिनु भएको चौतारी महोत्तरीले जनाएको छ । चौतारीका केन्द्रीय सदस्य गोपाल बरालले अधिवेशन उद्घाटन गर्नु भएको हो ।

सम्पन्न अधिवेशनले यही माघ २२ गते पोखरामा आयोजना हुने चौतारीको नवौं राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न सम्पूणर् सदस्यलाई अपिल गर्दै यस कार्यमा सहयोग पुर्‍याउन आम जनसमुदायसमक्ष अनुरोध गरेको छ । अधिवेशन सत्र नवनिर्वाचित अध्यक्ष प्रियदर्शीकै अध्यक्षतामा सम्पन्न भएको हो ।


२०७८ पुष २२, बिहीबार १९:५८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय