
काठमाडौं : पछिल्लो २४ घण्टामा ९६८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।
८ हजार २७२ जनामा पीसीआर परीक्षण गरिएकोमा ५७२ जनामा र ६ हजार ६९९ जनामा एन्टीजेन परीक्षण गर्दा ३९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा २६२ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३ जना रहेको र हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०२ पुगेको छ ।
यसैगरी देशमा हालसम्म ५ हजार ७४१ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टा २ लाख ६३ हजार ३७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।