जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का बरिष्ट नेता राजेन्द्र महतोले जनमत पार्टीको किसान आन्दोलनमा समर्थन जनाएका छन् ।

उनले आज विज्ञप्ती जारी गरेर किसानको माग पुरा गर्न सरकारसँग अनुरोध गरेका हुन् । धनुषा क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय साँसद समेत रहेका उनले वार्ता र सम्वादमार्फत माग सम्बोधन गर्नुको साटो सरकारले दमनको नीति लिएकोमा आपत्ति जनाएका छन् ।

नेता महतोले विज्ञप्तीमा भनेका छन्- किसानहरु सडकमा उत्रिए पनि सरकारले उचित व्यवस्थापनसहितको संवाद नगरी दमनमा उत्रिएको देख्दा सरकारको किसान विरोधी मानसिकता उजागर भएको छ ।

उनले आन्दोलनका क्रममा पक्राउ परेका किसान नेताहरुलाई रिहा गर्न माग गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । घाईतेको उपचार गर्न पनि सरकारसँग उनको अनुरोध छ ।

rajendra1


२०७८ पुष २४, शनिबार १४:३४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु