
जनकपुरधाम : जनकपुरधामको गणेश युवा कमिटीले सप्ताह ¥यापी रुपमा मनाउँदै गरेको २३ औं वार्षिकोत्सवको अवसरमा आज दोस्रो दिन स्वास्थ्य शिविरको आयोजना गरेका छन् ।
मिथिला विहारी नगरपालिका तारापट्टी स्वास्थ्य केन्द्रमा आयोजना भएको शिविरमा ३ सय ५० भन्दा बढीले स्वास्थ्य चेकजाँच गराएको कमिटीले जानकारी गराएको छ ।
यसै गरी गणेश युवा कमिटीले विभिन्न कार्यक्रम गरी सप्ताह ¥यापी रुपमा २३ औं वार्षिकोत्सव मनाउँदै छन् । तेस्रो दिन आइतवार कबिर बालआश्रममा राहत वितरण, सोमवार जानकी बृद्वाश्रममा खाद्यान्न समाग्री वितरण, मंगलवार स्व. पत्रकार उमा सिंहको स्मृतीमा रक्तदान तथा धनुषाकी महिला पत्रकार तथा सञ्चारकर्मीहरुलाई सम्मान, बुधवार जेमिरीया देवी धर्मशालामा राहत समाग्री वितरण र अन्तिम दिन शुक्रवार सम्मान तथा समापन समारोहको आयोजना गरिने पुर्व अध्यक्ष सन्तोष कुमार साहले बताए ।
शनिवारको कार्यक्रममा कमिटीका पुर्व अध्यक्ष सुरेन्द्र भण्डारी, मिथिला बिहारी नगरपालिकाका प्रमुख अनिल यादव, उपप्रमुख अनिता साह, नव जीवन अस्पतालका डा.महासेठ, डा. बैद्यनाथ ठाकुर र डा. शरद यादव सहितका कमिटीका पुर्व अध्यक्षहरु, पदाधिकारीहरु सहितको उपस्थिती थियो ।