धनुषा : जनकपुरधाम स्थित श्री गणेश युवा किमिटीको सप्ताहव्यापी २३ औं वार्षिकोत्सव कार्यक्रम ‘श्री गणपति सप्ताह – २०७८’ अन्तर्गत तेस्रो दिन कमिटिले जनकपुरधाम स्थित कबिर बालआश्रममा राहत समाग्री वितरण गरेको छ ।

कमिटिले अहिले चिसोको अवस्थामा आश्रममा रहेका बालबालिकाहरुलाई समस्या नहोस भन्ने उद्देश्यले न्यानो कपडा, जलावन, खाद्य समाग्री सहितको सरसमानहरु आश्रमका गुरु सन्त आलोकलाई हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा कमिटीका वरिष्ठ निर्देशक शिव शंकर साह हिराले बालआश्रम सञ्चालन र सहयोगमा राज्यको ध्यान जानुपर्ने बताए ।

कार्यक्रममा कमिटिका अध्यक्ष सन्तोष महतो, पुर्व अध्यक्ष सुरेन्द्र सिंह, जउनपा वडा नं. १ का वडा अध्यक्ष सत्रुधन प्रसाद साह, सहयोगी जमुना भुजेल सहितको उपस्थिती थियो।

२०७८ पुष २५, आईतवार १८:५९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय